Connect IPS
IME Life

मेटलाइफ र क्लिन अप नेपालद्वारा सरसफाई कार्यक्रम आयोजना

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेटलाइफ नेपालसँगको सहकार्यमा क्लिन अप नेपालले बुढानीलकण्ठ मन्दिर परिसरमा ‘लिटर क्लीन अप इभेन्ट’ आयोजना गरेको छ । सरसफाइको उद्देश्यले आयोजना गरिएको कार्यव्रmमले समुदाय, नागरिक समाज, सरकारी तथा निजी संघसंस्थालाई एकताबद्ध बनाउन सहयोग गरेको थियो ।

कार्यक्रममा बुढानिलकण्ठ नारायणथान व्यवस्थापन समिति, सामुदायिक प्रहरी सेवा केन्द्र, महानगरीय प्रहरी प्रभाग, वातावरण संरक्षण अभियान नेपाल (इसिआइ) र युवा समूहको सहभागिता थियो ।

Prabhu
Crest

नेपालका सबै प्रमुख सहरमा बढ्दो वातावरणीय प्रदुषणको पछाडि जम्मा भएको फोहोरको अनुचित व्यवस्थापन र जलाउने प्रमुख कारण रहेको छ । फोहोरको कुप्रबन्धले नकारात्मक स्वास्थ्य र पर्यावरणीय खतराहरू निम्त्याउँछ । फोहोर फाल्ने, नियमित सरसफाईमा संलग्न हुने, फोहोरको झोला साथमा बोक्ने र सार्वजनिक स्थानमा भन्दा फोहोर फाल्ने भाँडोमा मात्रै फोहोर फाल्ने भत्रे विषयमा सर्वसाधारणलाई सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।

विभित्र प्रकारका फोहोर र फोहोर छुट्याउने विषयमा सहभागीहरुलाई जानकारी दिएर कार्यक्रम सुरु भएको थियो । त्यसैगरी सहभागीहरूलाई विभित्र समूहमा विभाजन गरी मन्दिर वरपरका विभित्र ठाउँमा सरसफाइका लागि परिक्रमा गरिएको थियो । उचित फोहोर व्यवस्थापनको महत्वबारे जनचेतना जगाउने मुख्य उद्देश्यका साथ भएको सरसफाई कार्यक्रममा ५५ जना सहभागी थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS