Connect IPS
IME Life

प्रभु लाइफले बैशाखमा टार्गेट पुरा गर्ने अभिकर्तालाई विशेष नगद प्रोत्साहन सहित मार्दी ट्रेकिङ लैजाने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख महिनामा तोकिएको टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई विशेष नगद प्रोत्साहन सहित मार्दी हिमाल ट्रेकिङ लैजाने भएको छ । कम्पनीका अनुसार बैशाख महिनामा व्यवसाय विस्तारका निमित्त प्रेरित गर्ने उद्देश्य अनुरुप आफ्नो अभिकर्ता कोडमा उपलब्ध गर्ने बीमा व्यवसायको आधारमा प्रोत्साहन योजना ल्याइएको हो ।

बैशाख महिनामा १८ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्ने अभिकर्ताले कमिशनका अतिरिक्त प्रोत्साहन स्वरुप थप ५०० रुपैयाँ नगद पाउने छन् । त्यस्तै ३८ हजार आर्जन गर्नेलाई ११००, ७० हजार रुपैयाँ आर्जन गर्नेलाई २१००, एक लाख ५ हजार आर्जन गर्नेलाई ३४ हजार, एक लाख ४८ हजार आर्जन गर्नेलाई ५१०० रुपैयाँ पाउने छन् । त्यस्तै तीन लाख ५४ हजार रुपैयाँ आर्जने गर्नेलाई १६ हजार ३०० रुपैयाँ वा मार्दी हिमाल ट्रेकिङ प्याकेज उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

अभिकर्ता संजाल निर्माण प्रोत्साहन कार्यक्रम अन्तर्गत २ जना नयाँ सक्रिय अभिकर्ता बनाउनेलाई छाता र ५ वटा कि रिङ् दिइनेछ । त्यस्तै ५ जना नयाँ सक्रिय अधिकर्ता बनाउनेलाई घडी, १० जना बनाउनेलाई घडी, क्रिष्टल टेवल टप र १५ जना बनाउनेलाई घडी, छाता, कि रिङ् र क्रिष्टल टेवल दिइनेछ ।

विशेष नगद प्रोत्साहन योजना अन्तर्गत यदि अभिकर्ताले १२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ११ हजार रुपैयाँ अतिरिक्त नगद प्रोत्साहन पाउने छन् । कम्पनीले जति धेरै प्रथम बीमा शुल्क आर्जन गर्छन् त्यहि अनुसार अतिरिक्त नगद प्रोत्साहन पाउने छन् । यो सुविधाको अवधि बैशाख जेठ र असार महिनासम्म कायम रहनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS