Connect IPS
IME Life

घट्दो क्रममा शेयरधितो कर्जा, सरकारी बैंक अगाडी : कुन बैंकको कति (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा लगातार गिरावट आउदा पनि बैंकहरुले शेयर धितोमा राखेर ९५ अर्ब ८० करोड रुपैयाँ लगानी गरेका छन् । शेयर बजार अधिकतम विन्दुमा रहदा बैंकहरुले शेयर धितो कर्जा एक खर्ब ६ अर्ब रुपैयाँ लगानी गरेका थिए । यस अवधिमा यस्तो कर्जा १० अर्बले घटेर ९५ अर्ब ८० करोड रुपैयाँमा झरेको छ ।

शेयरधितो कर्जा प्रवाहमा सरकारी बैंक अगाडी देखिएका छन् । फागुनमसान्तसम्ममा सर्वाधिक धेरै नेपाल बैंकले ७ अर्ब १५ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै राष्ट्रिय बाणिज्य बैंकले पनि ७ अर्ब ९ करोड रुपैयाँ लगानी गरेकोमा कृषि विकास बैंकले भने २ अर्ब २४ करोड रुपैयाँ लगानी गरेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा नविल बैंकले मार्जीन प्रकृतिको कर्जा ५ अर्ब ८० करोड रुपैयाँ प्रवाह गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक पनि यस्तो कर्जामा अगाडी देखिएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको छ ।

मार्जिन प्रकृतिको कर्जामा स्ट्याण्डर्ड चार्टर्ड पनि अगाडी देखिएको छ । बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ । हिमालयन बैंकले ४ अर्ब ६७ करोड रुपैयाँ लगानी गर्दा नेपाल एसबिआई बैंकको भने तीन अर्ब ८९ करोड रुपैयाँ छ । नेपाल बंगलादेश बैंकले तीन अर्ब ७७ करोड रुपैयाँ, एभरेष्ट बैंकले तीन अर्ब ७० करोड, बैंक अफ काठमाण्डूले तीन अर्ब एक करोड, एनसिसी बैंकले २ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर धितोकर्जालाई कडाइ गर्ने नीति लिएको छ । राष्ट्र बैंकले एक व्यक्ति तथा संस्थालाई अधिकतम ४ तथा १२ करोड रुपैयाँसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था गरिदिएको छ । त्यस्तै बैंकहरुले आफ्नो कोर क्यापिटलको ४० प्रतिशतसम्म शेयरधितो कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । राष्ट्र बैंकको यस्तो निर्देशनले ठुला लगानीकर्तालाई मारमा पारेको छ । नेपालमा ठुलो ठुलो मार्जीन प्रकृतिको कर्जा लिनेको संख्या एकदमै सिमित भए पनि उनिहरुको कारोबारले शेयर बजारलाई प्रभावित पार्ने गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS