काठमाडौं । आइपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा तीन वटा कम्पनीले निवेदन दिएका छन् । बोर्डमा कालिञ्चोक र्दशन लिमिटेड, हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेड र सिटी होटल लिमिटेडले निवेदन दिएका हुन् ।
कालिञ्चोक दर्शनले १२ लाख कित्ता आइपीओ निष्काशन गर्न चैत १५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।
हाथवे इन्भेष्टमेण्ट नेपालले २९ लाख २५ हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि चैत २५ गते निवेदन दिएको हो । त्यसैगरी, सिटी होटल लिमिटेडले १६ लाख ७४ हजार कित्ता आइपीओ निष्काशन गर्नका लागि चैत ३० गते सेबोनमा निवेदन दिएको हो । यी दुवै कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।