IME Life New

गभर्नर अधिकारीमाथिको कारबाहीको विरोधमा राष्ट्र बैंकमा कालो व्यानर झुण्डाइयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गरेको निलम्बनको बिरोधस्वरुप नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रिय समितिले बैंकको केन्द्रिय कार्यालय बालुवाटार परिसरमा कालो व्यानर झुण्डाउदै कोणसभाको आयोजना गरेको छ ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय लगायत उपत्यका बाहिरका सम्पूर्ण कार्यालयहरुमा एकैसाथ झुण्डाइएको कालो व्यानरमा ‘केन्द्रिय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर’, ‘निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारी माथि शुरु गरिएको कारवाही प्रक्रिया अबिलम्ब फिर्ता गर’ र ‘संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्दरका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ भन्ने नाराहरु समावेश गरिएको छ ।

कालो ब्यानर झुण्डाउनु अघि नेपाल राष्ट्र बैंकमा भएको कोणसभालाई संवोधन गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रिय अध्यक्ष रुद्र प्रसाद तिम्सिनाले जब जव राज्य संचालकहरु वित्तीय प्रणालीको दुरुपयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने गर्छन् तव तव नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए । हालको गभर्नर माथिको आक्रामण नया नभई यो भन्दा अगाडी पनि नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि आक्रमणहरु हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रिय बैंकको नेतृत्व माथि हुने गरेका आक्रमणका बेला नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रिय बैंकको स्वायत्तताको रक्षाका लागि बिरोधका कार्यक्रामहरुमा उत्रने गरेको बताए ।

यस अघि पनि केन्द्रिय बैंकका गभर्नरहरु क्रमश कल्याण विक्रम अधिकारी, तिलक बहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालिन सरकारले गरेको बर्खास्ती तथा निलम्बनको विरोधमा नेपाल राष्ट्र बैंकका कर्मचारीहरु अख्तियारदेखि अदालतसम्म गएर आन्दोलन गरेको अनुभव आफुहरुसँग भएको बताउदै अध्यक्ष तिम्सिनाले गभर्नर माथि गरिएको कारबाही फिर्ता लिन नेपाल सरकारलाई अनुरोध गरेका छन् ।

उक्त विरोध कार्यक्रममा संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, वरिष्ठ उपाध्यक्ष पदमराज जोशी, उपाध्यक्ष उमाकान्त थपलिया, महासचिव शंकर प्रसाद भट्टराई लगायतका संघका केन्द्रिय समितिका पदाधिकारी तथा सदश्यहरु, वालुवाटार र थापाथली समितिका पदाधिकारी तथा समितिहरु, सम्पूर्ण साधारण सदश्यहरु, समर्थकहरु, शुभेच्छुक तथा आम कर्मचारीहरुको उल्लेख उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS