IME Life New

नेसनल लाईफको एजीएम चैत १५ गते, चैत १ मा बुक क्लोज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेसनल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७३।७४ को वार्षिक साधारण सभा चैत्र १५ गते गर्ने भएको छ । सभामा सेयरधनीहरुलाई १३।५५ बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्न शुक्रबार ३० औं वार्षिक साधारण सभा आह्वान गरेको हो।यस्तै, बोनस सेयरमा लाग्ने कर तिर्न १ करोड ८८ लाख २७ हजार १० रुपैयाँ नगद लाभांश पनि स्वीकृत गर्ने भएको छ ।
कम्पनीले केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले चैत १ गते देखि १५ गते सम्म शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । यसअनुसार फागुन ३० गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

यता, विदेशी लगानीकर्ता समूह भन्ने प्रावधानलाई हटाइने विशेष प्रस्ताव पनि रहेको छ । अब समूह ‘ख’ अन्तर्गतको विदेशी लगानीकर्ता समूहको पनि प्रतिनिधित्व हुने गरी संस्थापक सेयरधनी समूहमा समाहित गरिने भएको छ ।

Esewa
Crest

आर्थिक वर्ष २०७३र७४ को प्रतिवेदनमा छलफल गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्न, अध्यक्ष र सञ्चालकहरुको भत्ता एवं अन्य सुविधा संशोधन गर्ने लगायतका प्रस्ताव पेश गर्दैछ ।

नेसनलले बोनस सेयर भने गत भदौमा बिक्री गरेको ६० प्रतिशत हकप्रदपछि कायम २ अर्ब ६४ करोड ९७ लाख २३ हजार ३४४ रुपैयाँ चुक्ता पुँजीमा दिन लागेको हो । उक्त पुँजीमा १३।५५ बोनस सेयर दिइसकेपछि पुँजी ३ अर्ब ७४ लाख ३५ हजार ९९५ रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा नेशनल इन्स्योरेन्सले २ अर्ब ९८ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी १७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। दोस्रो त्रैमास सम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ९२ पैसा, प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ०३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS