IME Life New

एशियन लाइफले गर्यो चेपाङ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नारायणगढ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा चितवनका चेपाङ समुदायका बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

कालिका नगरपालिका वडा नं १० स्थित कालिका आधारभुत विद्यालय निबुवाटारमा अध्ययनरत विपन्न तथा पिछडिएका चेपाङ समुदायका १२ विद्यार्थीलाई कम्पनीको नारायणगढ शाखा प्रबन्धक अविशेष चापागाईं, वडा अध्यक्ष दिल बहादुर गुरुङ्ग र विद्यालय व्यवस्थापन अध्यक्ष माधव तामाङले सोमबार पोशाक तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको हो।

Esewa
Crest

चैत्र २१ गते १४ औं वार्षिकोत्सव मनाएको एशियन लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरका शाखा कार्यालयहरु मार्फत् विपन्न समुदायलाई खाद्यान्न, शैक्षिक सामाग्री र लुगा कपडा वितरण गरेको छ ।

नारायगढ शाखाका प्रबन्धक अविशेष चापागाईले एशियन लाइफले सामाजिक कार्यमा पनि योगदान पु¥याउँदै आएको जानकारी दिंदै आगामी दिनमा सामाजिक सेवाको कार्यलाई अझै व्यापकता दिइने जानकारी दिए ।

कार्यक्रममा कम्पनीका कर्मचारीहरु, सिनियर एजेन्सी म्यानेजर र स्थानीय अभिभावकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS