Connect IPS
IME Life

चितवनमा सूर्या लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको चितवन क्षेत्रले अभिकर्ता पुनर्ताजगी तालिम कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा १५० जना भन्दा धेरै अभिकर्ताको उपस्थिति थियो ।

Prabhu
Crest

कार्यक्रमलाई संबोधन गर्दै सिइओ खड्काले अझै पनि कतिपय बीमितलाई आफुले कतिको बीमा गर्न सक्छु भन्ने कुरा थाहा नभइरहेको भन्दै अभिकर्ताहरुलाई यसको पुर्ण जानकारी दिन अनुरोध गरेका छन् । खड्काले अभिकर्ताहरुलाई नविकरण व्यवसायलाई पनि प्राथमिकता दिन आग्रह गरेका छन् । उनले जीवन बीमा कम्पनी प्रथम बीमा शुल्क आर्जन बाट मात्रै नभई नविकरण व्यवसायले पनि कम्पनी दिगो हुने भएकाले कर्मचारी तथा सर्भेयरलाई नविकरण व्यवसायमा पनि ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् ।

कार्यक्रमको सञ्चालन भरतपुर शाखाका शाखा प्रवन्धक प्रकाश लामिछानेले गरेका थिए । पुनर्ताजगी कार्यक्रमको सभापतित्व नारायणघाट शाखाका प्रमुख सकुन्तला न्यौपानेले गरेकी थिइन् भने स्वागत मन्तव्य गितानगर शाखाका प्रमुख हेमराज रिमालले व्यक्त गरेका थिए ।

पुनर्ताजगी कार्यक्रममा एजेन्सी म्यानेजरहरु एम बहादुर राई, प्रकाश पाण्डे र शिवराम पौडेल बीमा सम्बन्धी आफ्ना अनुभव व्यक्त गरेका थिए । उनिहरुले अन्य अभिकर्ताहरुलाई हौसला प्रदान गर्दै जीवन बीमा व्यवसायमा अभिकर्ताको सबैभन्दा महत्वपुर्ण भुमिका रहने भएकाले लगनशिताका साथ काम गर्न समेत अनुरोध गरेका थिए । होटल रेड कार्पेट लाइन्सचोकमा सम्पन्न भएको कार्यक्रममा अभिकर्ताहरुलाई पुनर्ताजगी प्रदान गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS