Connect IPS
IME Life

गलकोट नगरपालिकामा सानिमा लाइफको बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गलकोट नगरपालिका वडा नम्वर ३ मा बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको आयोजनामा नियमनकारी निकाय बीमा समितिको निर्देशन अनुसार गलकोट नगरपालिका वडा नम्वर ३ मा बीमा सचेतना तथा जागरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पछिल्लो समय जीवन बीमा कम्पनीको वृद्धिसँगै बीमाको दायरा थप फराकिलो भएको बताए । उनले बीमा जागरण कार्यक्रमले बीमा सम्बन्धि सचेतना बढाउदै बीमाको दायरा थप फराकिलो बनाउन मद्दत गरेको बताए । साथै सरकारी क्षेत्रबाट विमा सम्बन्धि सचेतना कार्यक्रम अगाडि बढाउनु राम्रो पक्ष रहेको समेत उनले जानकारी दिए ।

Prabhu
Crest

गैरेले जीवन बीमासँगै कृषक र कृषि बीमालाई पनि प्राथममिकतामा राखी अगाडि बढ्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा गलकोट बहुमुखी क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख कृष्णप्रसाद गौतम, एम्डिआरटि सिता देवि शर्मा सापकोटा, सहभागि कृष्ण खरेल, चित्र सलामीले मन्तव्य राखे ।

कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई र धौलागिरी क्षेत्र शाखा प्रवन्धक बलाराम कडेंलले जिवन विमाको आवश्यकता, महत्तव र नेपालमा वर्तमान समयमा जिवन विमाको अवस्थाको बारेमा सहजिकरण गरेका थिए ।

धौलागिरी क्षेत्र शाखाका प्रवन्धक बलाराम कडेंलले सञ्चालनगरेको कार्यक्रममा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाईको अध्यक्षता, सानिमा लाइफ इन्स्योरेन्स गलकोट शाखाका मार्केटिङ अफिसर कृष्ण प्रसाद भट्राईले स्वागत मन्तव्य राखेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS