IME Life New

गुल्मीको रेसुङ्गामा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा युवासँग महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गरेको छ।

आज चैत्र २० गते सिद्धवावा माध्यमिक विद्यालयमा संचालित कार्यक्रममा प्लस टु का १२० विद्यार्थीहरुको सहभागिता रहेको थियो। शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा शिक्षक टिकाराम खड्काले स्वागत मन्तव्य दिदै युवाहरुमा बीमा सम्बन्धी जागरण ल्याउनु आवश्यक रहेको बताए ।

Esewa
Crest

कम्पनीका कर्मचारी राजेन्द्र गाहाले संचालन गरेको कार्यक्रममा कार्यालय प्रमुख विष्णु महतले बीमा समितिले गुल्मी जिल्लामा बीमा सचेतना कार्यक्रम संचालन गर्न महालक्ष्मी लाइफलाई जिम्मा दिएकोले अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम निरन्तर संचालन गरिने जनाए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका कम्पनीका मार्केटिङ मेनेजर यम लाल न्यौपानेले उपस्थित युवा तथा विद्यार्थीलाई बीमा सम्बन्धी प्रशिक्षण प्रदान गरेका हुन् ।

बीमा समितिले बीमा सचेतना कार्यक्रम संचालनको लागि कम्पनीलाई रौतहट, दोलखा, गुल्मी र ललितपुर जिल्ला जिम्मा दिएको छ, सोही अन्तर्गत उक्त कार्यक्रम संचालन गरिएको कम्पनीले जनाउको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS