काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ८९ अंकले घटेर २,५१३ दशमलव ४१ को विन्दुमा कायम भएको छ । आज १९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै यूनाइटेड इदी मर्दिका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।