IME Life New

नेपाल लाइफ इन्स्योरेन्सको १४ प्रतिशत बोनश शेयर भोलि पारित हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१औं वार्षिक साधारण भोलि चैत २१ गते गर्ने भएको छ । उक्त सभा बिहान ९ बजे होटल भिष्वा बीरगंज पर्सामा गर्ने जनाएको छ ।

सभामा कम्पनीले संचालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७६/७७ को आर्थिक वर्षको प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/ ७७ को वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवतरण लगायतका वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारत गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले लेखापरिक्षण समिति र संचालक समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७७ /७८ को लागि कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृती प्राप्त गरी नियुक्त लेखापरिक्षक एस एआर एण्ड एशोसिएट्सको नियुक्ती र निजको पारिश्रमिक अनुमोदन गर्नेछ ।
संचालक समितिले प्रस्ता गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत गरी ० दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, बोनश शेयर जारी गरेपछि कायम हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप बृद्धि गर्ने,बोनश शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धीत शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथापत राख्ने ।

त्यसैगरी सभाले कम्पनीको हाल कायम चुक्ता पूँजी संरचनामा संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० को अनुपातलाई परिवर्तण गर्ने गरी ५१ः४९ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने र सोही अनुरुप प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले संचालक समितिमा संस्थापक शेयरधनीको समुह (क) बाट प्रतिनिधित्व गर्ने चार जना संचालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत ७ गते एक दिन शेयर दाखिाला खारेज गर्नेछ । त्यसकारण चैत ६ गते नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS