IME Life New

दुई लघुवित्तले शुरु गरे एकिकृत कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाले एकिकृत कारोबार शुरु गरेका छन् । यी दुबै संस्था एक आपसमा मर्जरमा गएपछि सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन् ।

ती दुई कम्पनीले एक आपसमा मर्जरमा जान नेपाल राष्ट्र बैंकबाट फागुन ५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट चैत १ गते स्वीकृती पाएपछि चैत १९ गतेबाट एकिकृत कारोबार शुरु गरेका हुन् ।

Esewa
Crest

मर्जरपछि कम्पनीको चुक्तापूँजी ७९ करोड १९लाख पुगेको छ । मर्जर पश्चात बनेको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका १३ साँगामा रहनेछ ।

एक आपसमा गाभिएर बनेको सूर्योदय लघुवित्त वित्तीय संस्थाको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा मोक्ष प्रसाद पंगेनीलाई सोही दिनदेखि लागू हुने गरी आगमी चार वर्षका लागि नियुक्त गरेको छ । सोही बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा प्रमेश आचार्यलाई नियुक्त गरेको छ ।

त्यस्तै, मर्जर पश्चात बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा बिन्दीया श्रेष्ठ प्रधानलाई चयन गरेको छ । यी दुई कम्पनी १ बराबर १ को शेयर आदानप्रदान गर्ने गरी मर्जर भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS