IME Life New

एक्सेल डेभलपमेन्ट बैंकको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले यस वर्षका लागि प्रस्ताव गरेको १२ प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

कम्पनीको गत असोज १६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गर्न लागेको जनाएको छ ।

Esewa
Crest

भदौ ३१ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा बोनस शेयर जम्मा गरिसकेको र त्यस पश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमशः उक्त बोनश जम्मा गर्दै जाने कम्पनीले बताएको छ ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र अभौतिकीकरण गराई आफ्नो बोनश शेयर हितग्राही खातामा प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

भदौ ३१ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा भएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गराउन समेत कम्पनीले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS