IME Life New

चोभारमा नेपाल बैंकले राजस्व संकलन काउन्टर संचालनमा ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चोभारमा नेपाल बैंकले राजस्व संकलन काउन्टर संचालनमा ल्याउने भएको छ । नेपाल बैंक र नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग बीच बैंकले काठमाण्डौंको चोभार सुख्खा बन्दरगाहमा बैंकको काउन्टर स्थापना गरी भन्सार विभागको नाममा प्राप्त हुने राजस्व एवम् धरौटीको रकम संकलन गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भन्सार विभागको तर्फबाट माहानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले भन्सार बिभाग त्रिपुरेश्वर काठमाण्डौमा आयोजित समारोहमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

Esewa
Crest

सम्झौतापत्रमा भन्सार विभागको आवश्यक्ताता अनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य संचालन गर्ने छ ।

सो अवसरमा भन्सार विभागका माहानिर्देशक कमल प्रसाद भट्टराईले नेपालको पहिलो बैंकसँग राजस्व कारोवारको विषयमा विगत लामो समयदेखी सम्वन्ध र सहकार्य रहेको र यस सम्झौताले सहकार्यलाई थप उचाईमा पुर्याएको बताए ।

उनले नेपाल बैंक भरपर्दो आधुनिक प्रविधि मैत्री भएकाले सम्झौता गरिएको र चोभार सुख्खा बन्दरगाहबाट छिटो छरितो रुपमा राजस्व संकलन हुने बिश्वास व्यक्त गरे।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले अत्याधुनिक र नयाँ उर्जावान कर्मचारीहरु बाट संचालन भएको नेपालको पहिलो बैंक नेपाल बैंकलाई नै चोभार भन्सारको राजस्व संकलनको जिम्मेवारी प्रदान गरेकोमा भंसार बिभाग प्रति आभार प्रकट गर्दै आगामी दिनमा अन्य भन्सार कार्यालयहरुमा पनि बैंकिङ् सेवा उपलब्ध गराउने अवसर प्राप्त हुने बिश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS