Connect IPS
IME Life

रिलायन्स लाइफको ‘साथी अभिमुखीकरण’ कार्यक्रम सम्पन्न, बुटवल क्षेत्रमा सर्वाधिक व्यवसाय गर्ने सम्मानित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले चितवनको नारायणगढमा रिलायन्स साथी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो  ।

Prabhu
Crest

आफ्नै कोडबाट सर्वाधिक व्यवसाय गर्ने यस क्षेत्रका हरेक शाखाका उत्कृष्ठ दुई/दुई जना अभिकर्ताहरुलाई सम्मान गरिएको छ । त्यस्तै प्रत्येक शाखाबाट टिम विजनेस तर्फ सर्वाधिक धेरै व्यवसाय गर्ने अभिकर्तालाई पनि सम्मान गरिएको छ । बुटवल क्षेत्रमा १६ जना एजेन्सी म्यानेजर सम्मानित भएका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बीमाको पहुँच बढाउन अभिकर्ताको महत्वपुर्ण भुमिका रहेको बताएका छन् । त्यस्तै नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलले रिलायन्स साथीको क्षमता अभिबृद्धिमा कम्पनीले विभिन्न काम गरेको भन्दै आगामी दिनमा समेत कार्यक्रमहरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा सेल्स हेड सूर्य प्रकाश गुप्ता र सन्दिप कसजु र क्षेत्रिय प्रमुख इन्द्र विकले बीमा सम्बन्धी प्रस्तुतिकरण दिएका थिए । क्षेत्र प्रमुख इसा प्रधानले कार्यक्रमको संयोजन गरेकी थिइन् । कार्यक्रममा एमडिआरटी सहित १५० जना अभिकर्ताहरुको उपस्थिति थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS