काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ हजार ४०० कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा विक्री खुला गरेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।
शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय सप्तरीमा पुग्ने गरी निवेदन दिन कम्पनीले आग्रह गरेको छ ।
पहिलो चरणमा विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरीदको आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने संस्थाले सोही सुचनामा उल्लेख गरेको छ ।