काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयरमा विक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर चैत १० गतेदेखि लिलामीमा विक्री खुला गरेको हो ।
उक्त शेयर खरीद गर्न ईच्छुक जो कोही व्यक्ति संस्था वा कम्पनीहरुले बिहीवार अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय रुैयाँ तोकिएको हुँदा लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकत शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जनाएको छ ।