IME Life New

एलआइसी नेपालद्धारा १ करोड ६ लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालको इटहरी शाखाले मृतकको परिवारलाई बीमा दाबी वापत १ करोड ६ लाख ७० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले इटहरी उपमहानगरपालिका ५ पचरुखी, सुनसरी निवासी मृतक अम्बर बहादुर राउतको परिवारलाई मुत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले भुक्तानी गरेको रकममा बीमा रकम १ करोड  रुपैयाँ र बोनश  ६ लाख ७० हजार रुपैयाँ गरी जम्मा १ करोड ६ लाख ७० हजार रुपैयाँ दिएको जनाएको छ । मृतकले पहिलो वार्षिक किस्तामा बीमा वापत ५ लाख ३८ हजार ९३७ रुपैयाँ भुक्तान गरेका थिए ।

Esewa
Crest

नीजले कम्पनीमा २०७७ साल असोज ११ गते गरेका थिए । मृतकले ४७ वर्ष हुँदा बीमा गरेका थिए । उनको बीमा अवधि २० वर्ष रहेको थियो । उनको कोरोना संक्रमनको कारण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

बीमा दाबी वापतको रकम इटहरी शाखाका प्रबन्धक गुन्जेश ठाकुर, अभिकर्ता शुकमान तामाङ, एजेन्सी म्यानेजर बैजनाथ चौधरी, जितेन्द्र शाह नायक, प्रेम गुप्ता लगायत सम्पूर्ण शाखा परिवारको उपस्थितीमा मृतकको श्रीमति हेमा चौहानलाई हस्तान्तरण गरेको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS