Connect IPS
IME Life

सिटिजन लाइफका सिइओ पोषक राज पौडेलको वार्षिक तलब सुविधा ८५ लाख १५ हजार रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलको वार्षिक तलब भत्ता ८५ लाख १५ हजार रुपैयाँ रहेको छ । पौडेलले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा तलब भत्ता तथा अलाउन्सेस बापत ७३ लाख ३४ हजार रुपैयाँ बुझेका छन् । त्यस्तै नियम अनुसार मुनाफाबाट कर्मचारी बोनस बापत ११ लाख ४२ हजार १७६ रुपैयाँ प्राप्त गरेका छन् ।

कम्पनीले उनको दुर्घटना बीमा बापत ३१ हजार ६२५ रुपैयाँ प्रिमियम भुक्तानी गरिदिएको छ । त्यस्तै परिवारका सम्पुर्ण सदश्यहरुको स्वास्थ्य बीमा बापत वार्षिक ७ हजार ३०० रुपैयाँ प्रिमियम भुक्तानी गरेको छ । उनले यस भन्दा अघिल्लो आर्थिक वर्षमा तलब भत्ता तथा अन्य सुविधा बापत ७१ लाख ९३ हजार ६१० रुपैयाँ बुझेका थिए । समिक्षा वर्षमा पौडेलले नियम अनुसार कर्मचारी बोनस बापत थप ११ लाख ४२ हजार १७६ रुपैयाँ प्राप्त गरेका थिए ।

Prabhu
Crest

कम्पनीका प्रबन्धक तथा व्यवस्थापन तहका पदाधिकारीहरुले तलब भत्ता बापत ५ करोड २३ लाख रुपैयाँ बुझेका छन् । त्यस्तै सञ्चालक समितिका पदाधिकारीहरुले बैठक भत्ता बापत ३ लाख २२ हजार रुपैयाँ लिएका छन् । अन्य समितिहरुले बैठक भत्ता बापत तीन लाख ३५ हजार रुपैयाँ बुझेका छन् ।

यस आर्थिक वर्षमा कम्पनीले कर्मचारीहरुलाई तलब मात्रै ७ करोड ७० लाख रुपैयाँ दिएको छ । उनिहरुले तलब बाहेक अलाउन्से बापत ५ करोड ३१ लाख रुपैयाँ बुझेका छन् । कर्मचारीका लागि कम्पनीको तर्फबाट कर्मचारी सञ्चयकोषमा ७० लाख ४४ हजार रुपैयाँ जम्मा भएको छ ।

कर्मचारीहरुले यस आर्थिक वर्षको मुनाफाबाट मात्रै एक करोड ३२ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन् । समग्रमा कर्मचारीहरुका लागि यस वर्ष १७ करवड ९५ लाख रुपैयाँ खर्च भएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS