IME Life New

एलआईसी नेपालद्वारा ५२ लाख ८० हजार रुपैयाँ मृत्य दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआईसी नेपालको धनगढी शाखाले मृत्यु दाबी भुक्रानी गरेको छ । कम्पनीको शााले स्व.प्रकाश बहादुर शाहका पत्नी ज्ञानु चन्द शाहलाई धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्टले एक कार्यक्रमबीच मृत्यु दाबीको चेक हस्तान्तरण गरेका हुन् ।

शाखा कार्यालयका स्व. शाह प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शुरु भएको कार्यक्रममा अभिकर्ता मन्जु शाहीले आफ्नो १८ बर्ष लामो एलआईसी आबद्धताको दौरानमा आफुले बीमा गरेको पहिलो बीमितको कोरोना महामारीका कारण मृत्यु भएकोमा आफु अत्यन्त मर्माहत भएको तर एलआईसी नेपाल लि।ले कागजात पेश गरे पश्चात् समयमै बिना झन्झट मृत्यु दाबी भुक्तानी गरेकोमा धन्यवाद ब्यक्त गरिन् ।

Esewa
Crest

कार्यक्रममा निज बीमितका श्रीमती ज्ञानु शाह चन्दले एलआईसी नेपालले उपलब्ध गराएको रकमले दैनिकी सन्चालनका साथै आफ्ना बाल बच्चाको अध्ययनका लागि ठुलो राहत पुर्याउने कुरा ब्यक्त गरिन् ।

शाखा प्रबन्धक भट्टले कार्यक्रममा बोल्नु हुँदै मृत्य आफैमा दुखद कुरा बताउदै मानबिय क्षतिको कहिले पुर्ति नहुने तर बीमा रकमले घरको मुख्य आम्दानी गर्ने ब्यक्तिको अभाबमा परिवारका लागि ठुलो अभिभावकिय भुमिका निर्वाह गर्न सक्ने र कतिपय अबस्थामा हाम्रो देशको सन्दर्भमा घरमा आम्दानि सृजना गर्ने ब्यक्तिको मृत्य हुँदा परिवारका ब्यक्ति रोडमा आउने अवस्था बिधमान रहेको बताउदै परिवार लाई आफू नहुँदा पनि आर्थीक सुरक्षा प्रदान गर्नका लागि सबैले आफ्नो क्षमता अनुसार अनिवार्य बीमा गर्नु पर्ने आम जनसमुदाय सचेत हुनु पर्ने बिचार ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS