काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकको लिलामी शेयर आज बिहिवार देखि विक्री खुला हुने भएको छ । कम्पनीले हकप्रद शेयरमा विक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक जो कोही ब्याक्ति संस्था वा कम्पनीहरुले चैत १७ गते सम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १००कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकत शेयर सख्याको लागि कुनै पनि हद नलाग्ने कम्पनीले जनाएको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।