IME Life New

बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स आजदेखि अनलाइनबाटै नविकरण गर्न मिल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा अभिकर्ता तथा बीमा सर्भेयरले आफ्नो इजाजतपत्र ‘लाइसेन्स’ आजदेखि अनलाइन प्रणालीबाटै नविकरण गर्न पाउने भएका छन् । नविकरणका लागि बीमा समितिमा धाउने पर्ने बाध्यतालाई अन्त्य गर्दै बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नविकरण गर्ने मिल्ने सफ्टवेयरको शुभारम्भ गरेका हुन् ।

Esewa
Crest

अवको समयमा हातले काम गरेर सम्भव नभएको र काममा दावव बढ्दै गएकाले डिजिटल प्रणालीबाट लाइसेन्स नविकरण गर्न मिल्ने बनाइएको अध्यक्ष सिलवालले बताए । उनले भने ‘समितिमा सेवाग्राहीको संख्या बढेको छ । त्यसैले उनिहरुलाई सेवा लिदा सहज बनाइदिने हाम्रो कर्तव्य हो । सेवामा प्रविधिको प्रयोग गर्दा सेवाग्राहीको संख्या पनि बढ्छ साथै प्रतिस्पर्धा पनि बढ्छ ।’

अध्यक्ष सिलवालले थपे ‘हामी जुन किसिमले प्रविधिमा जानु पर्ने थियो त्यति जान सकेका छैनौ तर हामीले सकेको प्रयास भने गरिरहेका छौ ।’ हिजोका दिनमा बीमा सर्भेयर र बीमा अभिकर्ताको लाइसेन्स नविकरणका लागि मात्रै यस विभागमा १० कर्मचारी राख्दा पनि सहज थिएन । अवको १० वर्षमा नेपालको बीमा बजार धेरै ठुलो हुने भन्दै अध्यक्ष सिलवालले अहिलेको जस्तो म्यानुअल काम गरेर नसकिने भन्दै अहले देखिनै प्रविधिलाई जोड्दै जानु पर्ने बताए ।

तर समितिले आजदेखि शुभारम्भ गरेको यस सफ्टवेयरबाट अभिकर्ता तथा सर्भेयरले आफ्नो लाइसेन्स कुनै पनि स्थानमा बसेर सजिलै अनलाइन प्रणालीबाट नविकरण शुल्क भुक्तानी गरेर लाइसेन्स नविकरण गर्न सक्ने भएका छन् ।

हाल २ हजार हाराहारी सर्भेयर र तीन लाख भन्दा धेरै सक्रिय अभिकर्ता छन् । उनिहरुले यहि चैत मसान्त भित्र नविकरण शुल्क भुक्तानी गर्नु पर्छ । यदि उनिहरुले चैत मसान्त भित्रमा नविकरण शुल्क भुक्तानी नगरेमा जरिवाना तिर्नु पर्ने हुन्छ ।

सर्भेयर एसोसियएनका अध्यक्ष मोहन पुरुष ढकालले बीमा समितिले निर्माण गरेको यस सफ्टवेयरले सर्भेयरको नविकरणका लागि सहज भएको भन्दै सफलताको शुभकामना व्यक्त गरेका छन् । बीमा समितिले यस भन्दा अगाडी पनि लाइसेन्स नविकरण गर्न मिल्ने सफ्टवेयर निर्माण गरेर असफल भएको भन्दै पहिलाको जस्तो नहोस भन्दै विशेष चनाखो हुन समेत उनले आग्रह गरे ।

भुक्तानी सेवा प्रदायक संस्था कनेक्ट आइपिएसका प्रमुख कार्यकारी अधिकृत निलेस मान सिंह प्रधानले भुक्तानी प्रणालीलाई सहज बनाउन बीमा समितिले अभिकर्ता तथा सर्भेयरहरुमा यस सम्बन्धी धेरै भन्दा धेरै जनचेतनाको काम गर्नु पर्ने बताए । यस प्रविधिलाई प्रयोग गर्न सक्ने बनाउनका लागि अभिकर्ताहरुलाई यसको तरिकाहरु सम्बन्धी जानकारी दिनु पर्ने भन्दै उनले विभिन्न माध्यमबाट जानकारी प्रदान गर्न समेत अनुरोध गरेका छन् ।

अभिकर्ता तथा सर्भेयरले कनेक्ट आइपिएसको भुक्तानी प्रणालीमा गएर नविकरण शुल्क तिर्ने व्यवस्था मिलाइएको छ । जसमा अभिकर्ताले भुक्तानी गरेको नविकरण शुल्कको जानकारी सिधै बीमा समितिको सफ्टवेयरमा हुने र सफ्टवेयरले नै स्वचालित रुपमा नविकरण भएको जानकारी दिने व्यवस्था गरिएको छ ।

बीमा अभिकर्ता र सर्भेयरको लाइसेन्स नविकरण अव अनलाइन प्रणालीबाटै, चैत दोस्रो साता उद्घाटन गर्ने

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS