IME Life New

नियम विपरित काम गर्ने १३ बीमा कम्पनीलाई कारबाही, एक लाख ५० हजार जरिवाना असुल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले चालु आर्थिक वर्षमा नियम विपरित काम गर्ने १४ वटा कम्पनीलाई कारबाही गरेको छ । समितिले अर्धवार्षिक समिक्षाका क्रममा बीमा ऐन तथा बीमा नियमावली विपरित काम गर्ने १२ कम्पनीलाई १० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ ।

त्यस्तै परिपालन उल्लघंन गर्ने नेपाल लाइफ, प्राइम लाइफ र जनरल इन्स्योरेन्स कम्पनीलाई कारबाही गरेको छ । परिपालन उल्लघंन गर्ने बीमा कम्पनी नेपाल लाइफलाई बीस हजार रुपैयाँ, प्राइम लाइफलाई दश हजार रुपैयाँ जरिवाना गरेको छ भने जनरल इन्स्योरेन्सको एक सञ्चालकलाई कारबाही गरेको छ ।

Esewa
Crest

बीमा ऐन तथा बीमा नियमावली विपरित कार्य गर्ने बीमा कम्पनी दि ओरियन्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा संस्थान, नेशनल लाईफ इन्स्योरेन्स, नेपाल लाईफ इन्स्योरेन्स, गुराँस लाईफ इन्स्योरेन्स, आईएमई लाईफ इन्स्योरेन्स, युनियन लाईफ इन्स्योरेन्स, सन् नेपाल लाईफ इन्स्योरेन्स, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, र सानिमा लाईफ इन्स्योरेन्सलाई रु.१० हजारका दरले जरिवाना गरिएको हो ।

यस वर्ष बीमा समितिले बीमा कम्पनीहरुलाई संस्थागत सुशासन अटेर गर्ने, समयमा साधारणसभा सम्पन्न नगर्ने बीमा कम्पनीहरुलाई कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS