IME Life New

प्रभु लाइफको साधारण सभा आइतबार, सञ्चालकको निर्वाचन सहित यस्ता छन् अन्य प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा चैत्र ६ गते आइतबार हुने भएको छ । उक्त सभा होटेल रेडीसन काठमाडौँमा गर्ने जनाएको छ । कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु स्वीकृत गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निधारण सम्बन्धमा ९हालका लेखापरीक्षक श्री श्याम कार्की एण्ड कम्पनी पनः नियक्तिका लागि योग्य नहुने, समह क संस्थापक समहका शेयरधनीका तर्फबाट एक जना सञ्चालक एवम् स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत अध्यक्ष र सञ्चालकले पाउने बैठक भत्ता वृद्धि गर्ने सम्बन्धी प्रस्ताव स्कीकृत गर्ने, कम्पनीको नियमावली अनुसार समूह ख का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद २ को निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा सञ्चालक समितिको निर्णयहरु अनुमोदन गर्ने, कम्पनीको प्रवन्धपत्र नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने, कम्पनीको प्रवन्धपत्ररनियमावलीको प्रस्तावित संशोधन नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै, सभामा कम्पनीले आथिृक वर्ष २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम ७५०,००० कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) बमोजिम अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS