IME Life New

एलआइसी इण्डियाको शेयर जारी गर्ने जिम्मेवारी १० वटा कम्पनीले सम्हाल्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

भारतीय धितोपत्र बजारमा हालसम्मकै सर्वाधिक ठूलो परिमाणमा जारी गर्न लागिएको लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) इण्डियाको बिक्रि प्रबन्धकको जिम्मा १० वटा कम्पनीलाइ दिइएको छ ।

भारत सरकारले एलआइसी इण्डियाको ५ प्रतिशत शेयर यसै महिना सर्वसाधारणमा जारी गर्दैछ । बिक्रि प्रबन्धकको रूपमा कोटाक महिन्द्रा क्यापिटल, एक्सिस क्यापिटल, बोफा सेक्युरिटीज इण्डिया, जेएम फाइनान्सियल, गोल्डमेन सेक सेक्युरिटिज इण्डिया, आइसीआइ सेक्युरिटिज, सिटी ग्रुप ग्लोबल मार्केट,जेपि मोर्गन इण्डिया, नोमुरा फाइनान्सियल एडभाइजरी, सेक्युरिटीज इण्डिया र एसबिआइ क्यापिटललाइ नियुक्त गरिएको छ ।

Esewa
Crest

भारतीय धितोपत्र बजारकै सर्वाधिक ठूलो संख्या ३६. १ करोड कित्ता शेयर बिक्री गर्न लागिएको छ । पूर्ण सरकारी स्वामित्व रहेको एलआइसी इण्डियाको प्रति कित्ता शेयर मूल्य रू. १० रहेको छ । डिजिटल भुक्तानी सेवा प्रदायक पेटमले जारी गरेको १८ हजार ३ सय करोड रूपैयाँको शेयर भन्दा यो ठूलो हुने छ ।

भारत सरकारले शेयरको बिक्रीबाट करिब ६० हजार करोड देखि ७० हजार करोड भारू जुटाउन सक्ने अनुमान गरिएको छ । यति रकमको लागी कम्तीमा प्रति कित्ता २ हजार ३ सय ७० भारूमा शेयर खरिद हुनुपर्ने पूँजी बजार विश्लेषकहरूको भनाइ छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS