IME Life New

कुन निर्जीवन बीमा कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल सम्म ११ निर्जीवन बीमा कम्पनीहरुले  लाभांश प्रस्ताव गरेकोमा अझै ९ निर्जीवन बीमा कम्पनीको शेयर खरिद गर्दा लाभांश प्राप्त गर्ने अवस्था देखिएको छ ।

लाभांश प्रस्ताव गरेका ११ कम्पनी मध्ये प्रिमियर इन्स्योरेन्सले साधारण सभा सम्पन्न गरेको छ। कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट १४ दशमवल २५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ७५ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको छ। उक्त साधारणसभा प्रयोजनका लागि कम्पनीले माघ ५ गते बुक क्लोज गरेको थियो। यसको आधारमा माघ ४ गते सम्म कायम शेयरधनीले लाभांश प्राप्त गरेका छन्।

Esewa
Crest

त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सले फागुन ३० गते वार्षिक साधारणसभा गर्दै छ। सभामा कम्पनीले ६ दशमवल ६५ प्रतिशत बोनस शेयर र शुन्य दशमवल ३५ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजादै छ। उक्त साधारणसभा प्रयोजनका लागि कम्पनीले यही फागुन १६ गते बुक क्लोज गरेको छ। यसको आधारमा फागुन १५ गते सम्म कायम शेयरधनीले लाभांश प्राप्त गरेका छन्।

लाभांश घोषणा गरेका निर्जीवन बीमा कम्पनीहरु  मध्ये एनएलजी इन्स्योरेन्स र नेको इन्सुरेन्सले बुक क्लोज मिति तय गरे पनि बुक क्लोज मिति आउँन बाँकी छ। एनएलजी इन्स्योरेन्सले चैत्र ६ गते बुक क्लोज गर्दै छ । बुक क्लोजको आधारमा अघिल्लो दिन सम्म कायम शेयधनीले कम्पनीको प्रस्तावित १० प्रतिशत बोनस शेयर र शुन्य दशमवल ५३ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन्। त्यस्तै नेको इन्सुरेन्सले चैत्र १ गते बुक क्लोज गर्दै छ। यसको आधारमा फागुन मसान्तसम्म कायम शेयरधनीले कम्पनीले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन्।
एनएलजी इन्स्योरेन्सले चैत्र १७ गते वार्षिक साधारणसभा गर्दै छ भने नेको इन्सुरेन्सले चैत्र ९ गते वार्षिक साधारण सभा गर्दै छ।

लाभांश घोषणा गरेर बुक क्लोज मिति घोषणा गर्न बाँकी कम्पनीहरु :
आईएमई जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, लुम्बीनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा गरे पनि बुक क्लोज र साधारणसभाको मिति तय गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS