IME Life New

एशियन लाइफको नारायणगढ शाखाले दियो बीमा वापतको दाबी रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनि नारायणगढ शाखाले रत्ननगर–०८, चितवन निवासी बिजय चौधरीको परिवारलाई मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ । कम्पनिले बिजय चौधरीको घरमै गई एक कार्यक्रमको आयोजना गरि मृतकको श्रीमती रमिया चौधरीलाई ३ लाख ६ हजार ९ सय ६१ रुपैयाको चेक हस्तान्तरण गरेकोे हो ।

प्रमुख अतिथी रत्ननगर–८, चितवनका बडा अध्यक्ष बिनोद बस्नेत रहेको उक्त कार्यक्रममा दावी वापतको रकम मृतकका परिवार, आफन्त, स्थानिय समाजसेवी, अभिकर्ता र कम्पनिका पदाधिकारी लगायतको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।

Esewa
Crest

बार्षिक बीमाशुल्क २४ हजार ५९६ रुपैयाँ मात्र रहेको ३ लाख बीमांकको उक्त बीमा योजना सन २०२१/०३/०९ मा जारी गरिएको थियो । बीमा गरिएकोे ५ महिना अर्थात सन २०२१/०८/११ मा मृगौला खराबीको कारणबाट बीमित चौधरीको मृत्यु भएको थियो ।

उक्त कार्यक्रमाा नारायणगढ शाखाका प्रमुख अबिशेष चापागाईले बीमा कम्पनी सेवा प्रदायक कम्पनी भएकाले मानवीय अपुरर्णीय क्षती भएपनि आर्थिक क्षती न्युनिकरणका लागी आफ्नो कम्पनीले बीमीतहरुलाई प्रभावकारी रुपमा दावी भुक्तानी गर्दे आएको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS