IME Life New

आइएमई जनरल इन्स्योरेन्सको थप २ वटा सेवा शुभारम्भ, एउटा पोलिसीले पुरै परिवारको बीमा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आजदेखि थप २ वटा सेवा शुभारम्भ गरेको छ । कम्पनीले आइजिआई हेल्थ प्लस   बीमालेख र आइएमई इजि क्यासलेस क्लेम सेटलमेन्ट सेवाको शुभारम्भ गरेको हो ।

बीमा समितिमा अध्यक्ष सूर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यतामा उक्त सेवा शुभारम्भ गरिएको हो । कार्यक्रममा कम्पनीका अध्यक्ष हेमराज ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, स्पार्क अटोकेयरका अध्यक्ष रोशन घिमिरे, प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठ लगायतको उपस्थिति थियो ।

Esewa
Crest

आइजिआई हेल्थ प्लस   बीमालेखले दुर्घटना, स्वास्थ तथा घातक रोगको लागि एउटै छाता भित्र समेट्ने छ । यस अन्तर्गत परिवारको सम्पुर्ण सदस्यहरुको एउटै बीमालेख अन्तर्गत दुर्घटना बीमा, औषधी उपचार बीमा र घातकरोग बीमा समावेश गरिएको छ ।

त्यस्तै कम्पनीले आजै उद्घाटन गरेको ‘आइजिआइ इजि क्यासलेस क्लेम सेटलमेन्ट’ सेवा हाललाई काठमाडौं उपत्यका भित्र लागु हुनेछ । कम्पनीबाट आफ्नो निजी सवारी साधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटनामा परी सवारी साधनको क्षति भएमा गुहेश्वरी मार्गत स्थित स्पार्क अटोकेयर प्राइभेट लिमिटेडको सहकार्यमा तोकिएका सेवा प्राप्त गर्न सकिनेछ । यसका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र अटोकेयरका अध्यक्ष रोशन घिमिरेले संझौतापत्रमा हस्ताक्षर गरि सेवाको शुरुवात गरेका छन् ।

कम्पनीबाट बीमा भएको चारपाग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारी साधन क्षति हुन गएमा वा तेस्रो पक्षको निजी सवारी साधन क्षतिग्रस्त भइ मर्मत संभार गर्नु पर्ने भएमा स्पार्क अटोकेयरको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारी साधन मर्मत सम्भारको लागि लगिएमा, सो मर्मत संभार बापत लाग्ने खर्च बीमा कम्पनीले स्पार्क अटोकेयरलाई सिधै भुक्तानी गरी लामो दाबी प्रकृयालाई सहज, सरल र झन्झटमुक्त हुने कम्पनीले जनाएको छ ।

सवारी दुर्घटनामा परेका ग्राहकले कम्पनीले उपलब्ध गराएको मोबाइल नम्बर, फोन, एसएमएस, भाइवर, ह्वाट्स एप मार्फत जानकारी गराउन सक्नेछन् । यस्तो जानकारी प्राप्त हुने वित्तीकै स्पार्क अटोकेयरले क्षतिग्रस्त सवारी साधनलाई दुर्घटना स्थलबाट गुहेश्वरी स्थित स्पार्क अटोकेयरको सर्भिस सेन्टरसम्म लैजानेछ ।

यस पछि बीमितले कुनै पनि तनाव लिनु पर्ने छैन । अटोकेयरले मर्मत संभार गरेर बीमितलाई जानकारी दिनेछ । अटोकेयरले आफैले उपत्यका भित्रका सवारीधनीको घरसम्मै पुर्याउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS