IME Life New

बीमा कम्पनीहरुलाई जथाभावी उपहार वितरण गर्नमा समितिले लगायो रोक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

बीमा समितिले बीमा कम्पनीहरुलाई व्यापार प्रवर्द्धनको लागि जथाभावी उपहार वितरणमा गर्नमा रोक लगाएको छ ।

बीमा कम्पनीहरुले बीमा व्यवसाय प्रवर्द्धनको लागि नियमित कमिशन बाहेक थप इन्सेन्टिभ र जिन्सी उपहार समेत वितरण गरेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिएपछि समितिले हस्तक्षेप गरेको हो ।

Crest

बीमा समितिले सबै जीवन बीमा कम्पनीहरुलाई कुनै पनि प्रवर्द्धनात्मक उपहार वितरण कार्यक्रम ल्याउनु अघि अनिवार्य रुपमा पूर्व स्वीकृति लिनु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बीमा समितिले जारी गरेको  विज्ञप्ती अनुसार भविष्यमा कुनै पनि उपहार कार्यक्रम लागू गर्नुपूर्व अनिवार्य स्वीकृति लिन र हाल संचालनमा रहेका योजनाबारे समेत जानकारी गराउन निर्देशन दिएको छ।

यस अघि बीमा समितिले बीमा कम्पनीहरुलाई वैदेशिक भम्रणमा पनि रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS