IME Life New

राष्ट्रियस्तरका विकास बैंकहरुको औसत मूल्य आम्दानी अनुपात २२ गुणा, कुन  “अण्डर भ्यालुड” ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका ८ विकास बैंकको औसत मूल्य आम्दानी अनुपात २२ दशमवल ७९ गुणा रहेको छ। मूल्य आम्दानी अनुपातले कम्पनीको प्रति शेयर आम्दानीको तुलनामा बजार मूल्य कति गुणा धेरै छ भन्ने कुरा देखाउँछ।

प्रति शेयर आम्दानी गरिमाको धेरै :
गरिमा विकास बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ ९७ पैसा छ भने दोश्रोमा महालक्ष्मी विकास बैंकको प्रति शेयर आम्दानी २२ रुपैयाँ ७५ पैसा छ।

Esewa
Crest

स्पस्टिकरण : महालक्ष्मी विकास बैंकको दोश्रो  त्रैमासको वित्तीय विवरणमा प्रकाशित प्रति शेयर आम्दानी २७ रुपैयाँ ३० पैसा भए पनि कम्पनीले २० प्रतिशत बोनस शेयर प्रयोजनार्थ बुक क्लोज गरेको हुनाले कम्पनीको बोनस शेयर पश्चात कायम पुँजी ४ अर्ब १ करोडको आधारमा प्रति शेयर आम्दानी गणना गरिएको छ। 

राष्ट्रियस्तरका ८ विकास बैंकको औसत प्रति शेयर आम्दानी २० रुपैयाँ ५३ पैसा छ । औसत भन्दा धेरै प्रति शेयर आम्दानी रहेका कम्पनीमा गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, लुम्बिनी विकास बैंक र मुक्तिनाथ विकास बैंक छन्।

मूल्य आम्दानी अनुपात  महालक्ष्मी विकासको कम :
समायोजित प्रति शेयर आम्दानीलाई आधार मान्द पनि महालक्ष्मी विकास बैंकको मूल्य आम्दानी सर्वाधिक कम छ।  बैंकको फागुन ८ गतेको बजार मूल्यलाई  आधार मान्दा मूल्य आम्दानी अनुपात २१ गुणा छ।  ८ कम्पनीको औसत मूल्य आम्दानी अनुपात २२ गुणा रहेकोमा मुक्तिनाथ विकास बैंक र ज्योति विकास बैंकको मूल्य आम्दानी अनुपात औसत भन्दा धेरै छ।

नोट : उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विष्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS