IME Life New

फाल्गुण तेस्रो साता देखि बाह्रौ राष्ट्रिय प्राङ्गारिक कृषि प्रर्दशनी मेला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बिषादियुक्त खानाको कारणले गर्दा विभिन्न रोगहरु मानव जीवनमा व्यापक रुपमा असरहरु व्यापक बढीरहेको छ । व्यक्तिको सवास्थमा मात्र नभई यसले वातावरणमा समेत असर पारिररहेको छ । यस्ता नकारात्मक असरहरुलाई न्यूनीकरण गर्ने प्राङ्गारिक कृषिको आवश्यकता बारे जानकारी दिने उधेश्यले २०६४ साल देखि प्रत्येक बर्ष आयोजना गरिदै आएको छ ।
यस बर्ष ‘प्राङ्गारिक कृषि पद्धती अपनाऔ, माटो र जीवन बचाऔं’ भन्ने मुल नाराका साथ ललितपुरको जावलाखेल मैदानमा यही फागुन १६ गते देखि बाह्रौ राष्ट्रिय प्राङ्गारिक कृषि प्रर्दशनी मेला हुने भएको छ ।

मेलामा प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, कृषि क्षेत्र विकास कार्यक्रम, राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्र, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, किसानका लागि उन्नत बिउ कार्यक्रम, कृषि उद्यम केन्द्र, हेल्भेटास नेपाल र हसेरा एग्रीकल्चर रिर्सच एण्ड ट्रेनिङ्ग सेन्टर सहआयोजक रहेको छ ।

Esewa
Crest

यसैगरी खाद्यका लागि कृषि कार्यक्रम, राष्ट्रिय कृषक समुह महासंघ नेपाल र अर्गा्निक सर्ट्ििफकेसन नेपाल( ओसीएन )ले सहकार्य गरेको छ ।

चार दिनसम्म संचालन हुने उक्त कार्यक्रममा प्राङ्गारिक कृषि मेलामा प्राङ्गारिक कृषि विषयमा सांस्कृतिक कार्यक्रम, प्राङ्गारिक कृषि सम्वन्धी प्राविधिक सुचनाहरु र प्रस्तुतीकरण हुने आयोजकले बताएका छन् ।
कृषि पुर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको आयोजनामा उक्त कार्यक्रम हुने फाल्गुन १९ गते सम्म संचालन हुने मेलामा प्राङ्गारिक कृषि गर्ने जो कोहीलाई पनि निःशुल्क स्टलको व्यवस्था गरिएको छ । साथै मेलामा १ सय २५ स्टल रहने आयोजकले जनाएको छ ।

त्यस्तै उक्त कार्यक्रममा उत्कृष्ट प्राङ्गारिक कृषि उजपहरुलाई पुरस्कार वितरण, प्रदर्शनीमा सहभागीहरुलाई सहभागितको प्रमाणपत्र पनि दिईने व्यवस्था पनि रहेको छ ।

त्यसैगरी प्राङ्गारिक तथा रैथाने वालीका खाध परिकार महोत्सव, प्राङ्गारिक कृषि सम्वन्धी प्यानल तथा अन्तरक्रिया कार्यक्रम, प्राङ्गारिक कृषि उपजहरुको विक्री वितरणका साथै बाली उपचार शिविर, माटो परिक्षण लगायतका सेवाहरु प्रदान गरिने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS