काठमाडमौं । नेप्सेमा तीन कम्पनीको बोनश शेयर बिहीवार सूचिकृत भएको छ । नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड र सिभिल बैंकको बोनस शेयर सूचिकृत भएको हो ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ३७ लाख २५ हजार ४५१ दशमलव ०५२५ कित्ता बोनश शेयर सुचिकृत भएको छ । निफ्राको १ करोड ६० लाख कित्ता र सिभिल बैंकको ४३ लाख २१ हजार ८३० दशमलव ४२ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
कम्पनीको उक्त बोनश शेयर सम्बन्धित शेयधनीको हितग्राही खातमा आएपछि खरीदविक्री गर्न सकिनेछ ।