काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले मंसिर २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो ।
बुक क्लोजको अघिल्लो दिनसम्म शेयर खरिद गरेका शेयरधनीहरुको हितग्राही खातामा उक्त बोाश शेयर जम्मा गरिदिएको कम्पनीले जनाएको छ । साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले यथाशिघ्र शेयर अभौतिकीकरण गरेपछि सम्बन्धित शेयरधनीको हितग्राही खातामा बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा हुने कम्पनीले जनाएको छ ।
हालसम्ममा बाँडफाँड परेको शेयर प्राप्त नगरेका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्सानलमा गइ बाँडफाँडमा परेको शेयर अभौतिक रुपमा प्राप्त गर्न निवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।