काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्तको संस्थापक शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । बैंकले आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता संस्थापक शेयर र छिमेक लघुवित्तको ६ लाख ६ हजार १ सय ४० कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गर्ने भएको हो ।
यस शेयरमा आज फागुन ५ गतेदेखि चैत्र ९ गतेसम्म आवेदन दिन सकिने छ । बैंकले आरएमडिसी लघुवित्तको शेयरको प्रतिकित्ता न्युनत्तम ,मूल्य ५४० रुपैयाँ कायम गरेको छ भने छिमेक लघुवित्तको शेयरको प्रति कित्ता न्युनतम मूल्य ६०० रुपैयाँ शेयर मुल्य तोकेको छ ।
ईच्छुक लगानीकर्ताले न्युनतम मूल्य भन्दा बढी रकम कबुल गरि लिलामीको शेयरमा आवेदन दिनु पर्ने छ । आवेदन दिंदा न्युनतम २ हजार कित्ताको लागि दिनु पर्ने छ भने अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।