IME Life New

बीमा कम्पनीले २४ अर्ब ४८ करोडको दाबी तिर्न बाँकी, बीमा समितिको प्रयास निरर्थक !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रमा एउटा भनाइ छ ‘बीमा गर्न जति सजिलो छ दाबी भुक्तानी पाउन त्यो भन्दा धेरै गुणा गाह्रो छ ।’ यो भनाई र बीमा कम्पनीले तिर्न बाँकी दाबी भुक्तानीको रकम हेर्यो भने मेल खान्छ । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले बीमितलाई २४ अर्ब ४८ करोड रुपैयाँको दाबी तिर्न बाँकी छ । यो तथ्याङ्क चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा वित्तीय विवरण प्रकासित गरेका निर्जीवन बीमा कम्पनीहरुको हो ।

गत वर्षको यहि अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १४ अर्ब ३४ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी थियो । एक वर्षको अवधिमा दाबी भुक्तानी तिर्न बाँकी रकम १० अर्ब १४ करोड रुपैयाँले बढेको छ । यसमा कोरोना बीमाको मात्रै साढे ११ अर्ब रुपैयाँ रहेको छ ।

Esewa
Crest

यस वर्ष प्रकृतिक प्रकोप बाँढी पहिरो आगलागीका कारण धेरै नै दाबी परेकोले पनि तिर्न बाँकी दाबी रकम धेरै देखिएको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले जानकारी दिए । उनले भने ‘यस वर्ष प्रकृतिक प्रकोप धेरै भयो अर्को कारण गाडीको दाबी भुक्तानी धेरै नै बढेको छ ।’

विगतका वर्षको तुलनामा सडक दुर्घटना धेरै भएको बीमकहरु बताउछन् । त्यस्तै मोटरसाइकलको चोरी पनि धेरै भएको पाइएको छ । यसले पनि बीमा कम्पनीमा दाबी भुक्तानी बढेको हो । यस वर्ष धेरै नै वर्षा हुँदा बाढी पहिलो धेरै गयो । मेलम्चीमा गएको बाढी, हाइड्रोपावरको आयोजनामा पुर्याएको क्षतिले कम्पनीमा अत्याधिक दाबी परेको छ । नेविको विष्कुट फ्याक्ट्रिमा भएको आगलागी लगायतका आगलागीका दुर्घटना पनि धेरै बढेकोले यसको प्रत्यक्ष असर बीमा कम्पनीमा परेको छ ।

यस्ता दुर्घटनाको प्रारम्भिक माग धेरै हुने भएकाले पनि बाँकी दाबी धेरै देखिएको अध्यक्ष क्षेत्रीको तर्क छ । प्राकृतिक विपदका कारण बीमितले बीमाङ्क रकम भन्दा धेरैको दाबी पेश गर्ने हुँदा तिर्न बाँकी दाबी रकम धेरै देखिन्छ । सर्भेयरको मूल्याङ्कन पछि सुरुवाति दाबी भन्दा धेरै कम हुन्छ ।

बीमितले आवस्यक कागजपत्र समयमा पेश नगर्दा दाबी भुक्तानी हुन नसकेको अध्यक्ष क्षेत्रीले बताए । उनले भने ‘बीमितले छिटो भन्दा छिटो सर्भेयरलाई आफ्नो क्षतिविवरण दिएर सहयोग गर्नु भयो दाबी भुक्तानी पनि छिटो हुन्छ । तर उहाँहरुले समयमा आफ्नो विवरण पेश नगर्ने तथा क्षति भन्दा धेरै दाबी पेश गर्दा समस्या देखिने गरेको छ ।’

गएका वर्षमा सर्भेयरको समस्या देखाउदै दाबी भुक्तानी ढिला हुने गरेको गुनासो सुन्न पाइन्थ्यो । तर अहिले बीमा समितिले १२ सय भन्दा धेरैलाई नयाँ सर्भेयरको लाइसेन्स दिइसकेको छ । यसले गर्दा बजारमा सर्भेयरको अभाव छैन । अर्को तर्फ बीमा समितिले ५ वटा भन्दा धेरै दाबी भुक्तानीको फाइल पेण्डिङ राख्ने सर्भेयरलाई नयाँ काम नदिन निर्देशन दिएको छ ।

बीमा कम्पनीहरुले ठुलो ठुलो दाबी भुक्तानीको सर्भेको लागि नयाँ सर्भेयरलाई दिदैनन् । यसले गर्दा पनि ठुला ठुला दाबीको समयमा भने समस्या देखिदै आएको छ ।

यस प्रकृयाँमा बीमा कम्पनीहरुले छिटो दाबी भुक्तानीको लागि भने त्यति धेरै पहल नगरेको पाइएको छ । एउटै दाबी भुक्तानीको फाइललाई महिनौ लगाइदिदा बाँकी दाबी भुक्तानी धेरै देखिन्छ । बीमा कम्पनीको विश्वास त्यतिवेला बढ्छ जतिवेला उनिहरुले समयमा दाबी भुक्तानी गर्छन् ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई छिटो भन्दा छिटो दाबी भुक्तानी गरेर आफ्नो विश्वास बढाउन निर्देशन दिदै आएका छन् । समितिले यस वर्ष सर्वाधिक धेरै दाबी भुक्तानी गर्न बाँकी कम्पनीको छनोट गर्दै समितिमै बोलाएर प्रतिवद्धता समेत गराएको थियो ।

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, दाबी भुक्तानी उप समितिका अध्यक्ष, दाबी विभागका प्रमुख तथा कर्मचारीलाई समितिमै बोलाएर स्पष्टीकरण सोधेको थियो । यसै क्रममा तीन महिना भित्रमा सम्पुर्ण दाबी फर्छ्यौट गर्न निर्देशन समेत दिएको थियो । तर समितिले दिएको निर्देशनलाई कम्पनीहरुले वेवास्था गरेको पाइएको छ ।

चालु आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले ६ अर्ब ६५ करोड रुपैयाँको दाबी भुक्तानी गरेका छन् । जवकी गत वर्षको यहि अवधिमा कम्पनीहरुले ७ अर्ब ५८ करोड रुपैयाँ दाबी भुक्तानी गरेका थिए । कम्पनीहरुमा जुन किसिमले दाबी परेको छ त्यहि अनुपातमा दाबी भुक्तानी नगर्दा यस्तो समस्या देखिएको हो ।

यस वर्ष सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्स कम्पनीले तीन अर्ब ८७ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । गत वर्षको यहि अवधिमा कम्पनीले २ अर्ब ३७ करोड रुपैयाँ बाँकी थियो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले जम्मा ३२ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा ७० करोड ९३ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीले २ अर्ब ६० करोड रुपैयाँ दाबी तिर्न बाँकी छ । यस अवधिमा ८५ करोड ३३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले पनि २ अर्ब ३९ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । यस अवधिमा कम्पनीले ५९ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

सगरमाथा इन्स्योरेन्सले २ अर्ब ४ करोड रुपैयाँ दाबी तिर्न बाँकी छ । जवकी यस अवधिमा कम्पनीले ७५ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले एक अर्ब ८९ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । त्यस्तै सर्वाधिक धेरै दाबी भुक्तानी गर्न बाँकी कम्पनीहरुमा क्रमश एनएलजी इन्स्योरेन्स कम्पनी एक अर्ब ७३ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स एक अर्ब ३२ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स एक अर्ब २६ करोड रुपैयाँ, आइएमई जनरल एक अर्ब २० करोड रुपैयाँ, अजोड एक अर्ब १६ करोड रुपैयाँ, लुम्बिनी र युनाइटेडको एक अर्ब ६ करोड रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS