IME Life New

१८ निर्जीवन बीमा कम्पनीको खुद नाफा ४%ले घट्दा ११ कम्पनीको बढ्यो,कसको अवस्था कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण १८ वटा निर्जीवन बीमा कम्पनीहरुले प्रकाशन गरिसकेका छन् ।कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार १८ वटा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ९८ करोड ८८ लाख ९३ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले २ अर्ब८ करोड १५ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद मुनाफा ४ दशमलव ४५ प्रतिशतले गिरावट आएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा निर्जीवन बीमा कम्पनीहरु अधिकांशको मुनाफामा गिरावट देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस अवधिमा प्रिमियर इन्स्योरेन्स कम्पनी,नेको इन्स्योरेन्स कम्पनी, आइएमई जनरल इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनीर हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा घटेको हो ।

Esewa
Crest

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सबैभन्दा धेरै मुनाफा बढाउनेमा (प्रतिशतका आधारमा ) यूनाइटेड इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा नाफा ११८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा नाफा ६ करोड आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यसैगरी यस अवधिमा सबैभन्दा धेरै नाफा शिखर इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीले यस अवधिमा २४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा क्रम्पनीले २४ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा सामान्य बढेको हो ।

दोस्रोमा राष्ट्रिय बीमा कम्पनीले रहेको छ । कम्पनीले यस अवधिमा १९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले १७ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । चौथोमा प्रिमियर इन्स्योरेन्स कम्पनीले १५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको छ ।

त्यस्तै, यस अवधिमा नेको इन्स्योरेन्स कम्पनीले १५ करोड २ लाख, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १४ करोड ११ लाख,आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १२ करोड १३ लाख,नेपाल इन्स्योरेन्स कम्पनीले १० करोड ३८ लाख, लुम्बिनी जनरलले १० करोड ३८ लाख, एनएलजी इन्स्योरेन्सले १० करोड २९ लाख, प्रभु इन्स्योरेन्स कम्पनीले ९ करोड ५ लाख,प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ७ करोड ७ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

त्यसैगरी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एभरेष्ट इन्स्योरेन्सले ६ करोड,सानिमा जनरलले ५ करोड ६८ लाख रुपैयाँ, हिमालयन जनरलले ५ करोड २२ लाख रुपैयाँ र अजोड इन्स्योरेन्सले ४ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS