IME Life New

नेपाल टेलिकमको सेयर मूल्य लगातार किन बढ्दैछ, कसले किन्दैछ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजारमा धेरै पूँजीकरण रहेको नेपाल टेलिकमको सेयर नेपाल टेलिकमका कर्मचारी र सर्बसाधारणको हातबाट खोसिएपछि मूल्य लगातार बढ्न  थालेको छ । १५ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको एक अर्ब ३० करोड बराबर अर्थात एक करोड ३० लाख कित्ता सर्बसाधारण समूहमा रहेको छ भने अन्य सेयर सरकारको छ । जम्मा ८ प्रतिशत हाराहारी सेयर मात्र सर्बसाधारण समूहमा जारी गरेको कम्पनीको अधिकांश साधारण सेयर त्यहाँका कर्मचारीले प्रतिकित्ता ९० रुपैयाँमा हात पारेका थिए, जबकि सर्बसाधारणले त्यही सेयर ६०० रुपैयाँ भन्दा माथि किन्नु परेको थियो ।

केही समय यता नेपाल टेलिकमको सेयर मूल्य लगातार बढेर प्रतिकित्ता १६२४ रुपैयासम्म पुगेर हालसम्मको सर्वाधिक उचाई बनाएको छ । केही बर्ष अघि १५०० रुपैयाँसम्म पुगेको सो कम्पनीको सेयर मूल्यले अहिले सर्वाधिक विन्दु कायम गर्नुमा कर्मचारी र सर्बसाधारणको हातबाट सेयर खोसिएर बजारका खेलाडीहरुको हातमा अधिकांश हिस्सा पुगेको आँकलन गरिएको छ । अहिले ब्रोकर नम्बर ५८ लगायतका ब्रोकरहरुमा आबद्ध रहेका लगानीकर्ताहरुले लगातार टेलिकमको सेयर उठाईरहेका देखिएको छ । कतिपय ब्रोकरबाट दैनिक लाख कित्ता हाराहारी सेयर खरिद भईरहेकले यसमा ठूलै लगानीकर्ताहरुको संंलग्नता बढेको स्पष्ट हुन्छ ।

Esewa
Crest

हरेक बर्ष लगातार ४० प्रतिशत भन्दा बढी नगद लाभांश वितरण गर्दै आएको कम्पनीको चुक्ता पूँजी भन्दा झण्डै साढे पाँच गुणा बढी जगेडा कोष हुुनु, डीडीए रिपोर्ट अनुसार कम्पनीको वास्तविक नेटवर्थ १३०० रुपैयाँ भन्दा बढी हुनु, कम्पनीले टेलिफोन सेवालाई कम महत्त्व दिई डाटा र अन्य अत्याधुनिक सेवा प्रबाहमा जोड दिन थाल्नु, आफ्नो लगानीलाई टेलिकम्युनिकेशन र डाटा सेवा बाहेक अन्य क्षेत्रमा पनि विविधिकरण गर्दै लैजानु जस्ता आकर्षक पक्षहरुका कारणले बजारका खेलाडीहरुले टेलिकमको सेयरमा आँखा लगउँन थालेको हुनसक्छ । टेलिकमले थप साधारण सेयर निश्काशन अर्थात एफपीओ गरेर थप आपुर्ति बजारमा तत्काल नबढाउने पक्का भएपछि खेलाडीहरु यसमा लागेको संकेत पाईन्छ ।

टेलिकमले माथिल्लो तामाकोशी जलविद्युतमा ६ प्रतिशत, त्रिशुली थ्री बीमा ३० प्रतिशत, विद्युत उत्पादन कम्पनीमा १० प्रतिशत, नागरिक स्टक डिलर कम्पनीमा ९ र नेपाल डिजिटल पेमेन्ट कम्पनीमा महत्वपूर्ण लगानी गरेको छ । टेलिकमले अहिले फाईभ जी को समेत परीक्षण गरेर नेपालमा यो सेवा सर्बसाधारणमा पुर््याउने पहिलो कम्पनी बन्ने तयारीमा छ ।

अन्य कम्पनीहरुले बोनस सेयर वितरण गर्दै चुक्ता पूँजी बढाएर लैजादा बजारमा सेयर आपुर्ति धेरैै हुन गई मूल्य माथि जान मुस्किल पर्ने गरेको अनुभवको आधारमा बजारमा सिमित आपुर्ति रहेको टेलिकममा खेलाडीहरु लाग्न थालेको मान्ने हो भने पनि टेलिकमले गत बर्षको नाफाबाट बोनस सेयर वितरण गर्छ भन्ने हल्लाले साना लगानीकर्तालाई पनि उत्तिकै तानेको छ । यद्यपी टेलिकमले गत बर्षको लाभांश प्र्रस्ताब र साधारणसभाको सूचना अझै प्रकाशित गरेको छैन ।

कम्पनीको चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार उसको खुद नाफा १८ प्रतिशत भन्दा बढीले बढेर ३ अर्ब ८९ करोड र प्रतिसेयर आम्दानी ५१ रुपैयाँ हुँदा टेलिकमको सेयरमा लगानी गरिरहेकाहरु उत्साहित हुनसक्छन् ।

बजारमा छरिएर रहेका सेयरहरु केन्द्रिकृत भईसकेपछि टेलिकमको सेयर मूल्य अरु बढ्न पनि सक्छ किनभने ठूलो माग सिर्जना भएको अबस्थामा सेयर बिक्री गर्ने भन्दा किन्ने प्रबृत्ति साधारण लगानीकर्तामा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS