IME Life New

निर्जीवन बीमा व्यवसाय २० प्रतिशतले वृद्धि, शिखर इन्स्योरेन्सको अग्रता कायमै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सेञ्जमा सुचिकृत १५ निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष ७५/७६ को दोस्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरिसकेको अवस्था छ।

आर्थिक वर्ष ७५/७६ को दोश्रो त्रैमास सम्म ११ अर्ब २९ करोड कुल बीमा शुल्क आर्जन गरेका छन्। गत वर्ष को दोश्रो त्रैमास सम्म निर्जीवन बीमा कम्पनीले ९ अर्ब ४० करोडको कुल बीमा शुल्क आर्जन गरेका थिए। निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन रकममा २० प्रतिशतको वृद्धि देखिएको छ।

Esewa
Crest

त्यस्तै १५ निर्जीवन बीमा कम्पनीले ५ अर्ब ३६ करोड खुद बीमा शुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यसै अवधिमा सो रकम ४ अर्ब ७२ करोड रुपैयाँ थियो। निर्जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन रकम १४ प्रतिशतले वृद्धि भएको छ।

सबै भन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स पर्दछ। शिखर इन्स्योरेन्सले दोश्रो त्रैमास सम्म १ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने ९० करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

सबै भन्दा थोरै बीमा शुल्क आर्जन गर्नेमा युनाईटेड इन्स्योरेन्स पर्दछ। इन्स्योरेन्सले २३ करोड २४ लाख रुपैया कुल बीमा शुल्क आर्जन गरेको छ भने इन्स्योरेन्सले १५ करोड ५७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

युनाईटेडड इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम र खुद बीमा शुल्क आर्जन रकम दुवै घटेको छ। कम्पनीको कुल बीमा शुल्क आर्जन रकम १४ प्रतिशतले घटेको छ भने खुद बीमा अशुल्क आर्जन रकम १० प्रतिशतले घटेको छ। त्यस्तै एन. एल. जी। इन्योररेन्सको खुद बीमा शुल्क आर्जन रकम २ प्रतिशतले घटेको छ।

प्रुडियन्सल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम सबै भन्दा धेरै ६९ प्रतिशतले वृद्धि भएको छ भने एभरेस्ट इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन रकम सबै भन्दा धेरै १९४ प्रतिशतले वृद्धि भएको छ।

१ अर्ब कुल बीमा शुल्क आर्जन गर्नेमा दुईवटा निर्जीवन बीमा कम्पनी छन्। शिखर इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स सो सूचीमा पर्दछन।
अहिले सम्म कुनै पनि कम्पनीले १ अर्ब खुद बीमा शुल्क आर्जन गर्न सकेको अवस्था छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS