Connect IPS
IME Life

महालक्ष्मी लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कमलपोखरी काठमाण्डौमा आज सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अधयक्षतामा प्रधान कार्यालय परिसरमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए । अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

सभाले अध्यक्ष द्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पास गर्‍यो । स्वतन्त्र संचालक रविराज भट्टराईको नियुक्ति अनुमोदन, लेखा परिक्षकको नियुक्ति र सरकारको कोरोना कोषमा जम्मा गरेको सात लाख पचास हजारको खर्च समेत सभाले अनुमोदन गरेको छ । सभामा महालक्ष्मी लाईफको सहायक कम्पनी ल्याउने विषयमा छलफल भई आगामी साधारण सभामा विस्तृत कार्ययोजना ल्याउने सहमति भएको छ । कार्यक्रमको अन्त्यमा संचालक शुरेस सापकोटाले धन्यवाद ज्ञापन गरे पछि सभा समापन भएको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS