IME Life New

विद्युतीय माध्यमबाट कारोबार गर्दा ठगीमा परिएला, अपनाउनुहोस् यस्ता सावधानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा ग्राहक ठगीमा पर्ने गरेको गुनासो आउने गरेको छ । ग्राहक ठगीमा परेको गुनासो आउन थालेपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत रहन सूचना जारी गरेको छ ।

विद्युतीय कारोबारमा बढोत्तरी भएसँगै विभिन्न आपराधिक व्यक्ति/समुहले विभिन्न माध्यम प्रयोग गरि ग्राहक ठग्ने गरेको छ । सामाजिक सञ्जालमा चिनजान भएकै आधारमा आफ्नो गोप्य पासवर्डहरु दिने गर्दा ग्राहक ठग्ने गरेको बैंकले उल्लेख गरेको छ ।

Esewa
Crest

सूचनामा उल्लेख भएअनुसार आपराधिक व्यक्ति तथा समुहले बैंक तथा कुनै संस्थाबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको युजर नेम तथा पासवर्ड माग्ने, नक्कली वेवसाइट बनाई ग्राहकका गोप्य सूचना लिने गरेका छन् । साथै ठूलो रकमको चिठ्ठा परेको भन्दै रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्याधिक नाफाको लोभ देखाउने कार्य गर्दै आएका छन् ।

बैंकले अपरिचित व्यक्तिलाई आफ्नो गोप्य पासवर्ड वा ओपीटि वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन आग्रह गरेको छ । यसका साथै आफ्नो मोबाइल अथवा अन्य कुनै डिभाइसमा अनावश्यक एपहरु डाउनलोड गर्न हुँदैन । साथै आफ्नो पासवर्डहरु बेलाबेलामा परिवर्तन गर्न समेत बैंकले सूचनामा उल्लेख गरेको छ ।

रकम भूक्तानीका लागि बारकोड वा क्यूआर कोडको आवश्यक नपर्ने हुँदा कुनै पनि व्यक्तिलाई आफ्नो क्यूआर कोड, बारकोड वा पासवर्ड दिनुहुँदैन । साथै आधिकारिक वेवसाइटको सुरुवात https:// बाट सुरु हुने भएको हुँदा यस्ता वेवसाइटबाट मात्र कारोबार गर्न आवश्यक छ ।

यदि कुनै पनि वेवसाइटबाट कारोबार गर्दा आफू ठगिएको आशंका लागेमा सम्बन्धित बैंक तथा बित्तीय संस्था एवम नेपाल राष्ट्र बैंककोको गुनासो सुनुवाईसम्बन्धी पोर्टलमा गुनासो वा उजुरी  गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS