IME Life New

ग्यास उद्योगीको आन्दोलनमा बिक्रेताको पनि ऐक्यबद्धता ,६ बुँदे मागमा डिलरमा काम गर्ने व्यक्तिको बीमा गरिनु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एलपी ग्यास उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा ग्यास बिक्रेता महासंघ नेपालले
ऐक्यबद्धता जनाएको छ ।
शुक्रबार आयोजना गरिएको कार्यक्रममासंघले ६ बुँदे मागहरु अघि सारेको छ । जसमध्ये, डिलर र डिलरमा काम गर्ने व्यक्तिहरु को बीमा गरिनु पर्ने र ग्यास बिक्रेताहरुलाई आवश्यक तालिमको व्यवस्था हुनु पर्ने माग संघले अघि सारेको हो ।

यस अघि बुधबार उद्योगीहरुले पत्रकार सम्मेलन गरेर आफ्ना १० वटा मागहहरु पुरा नभए १० दिनभित्र आन्दोलन गर्ने चेतावनी दिएका थिए । त्यसको दुई दिनमै बिक्रेताहरुले अनामनगरस्थित मिडिया इन्टरनेसनलमामा पत्रकार सम्मेलन गरेर बिक्रि वितरण नै ठप्प पार्ने चेतावनी दिएका छन् ।

Esewa
Crest

‘एलपी ग्यास उद्योगीहरुको आन्दोलनमा हामी देशै भरी बिक्रेताहरुको समर्थन रहेको छ’ संघका महासचिव विनोद् काफ्लेले भने, ‘हाम्रा मागहरु पुरा नभए फागुन ३० गते ग्या बिक्रि वितरण ठप्प पारेर डिलरमा भएका खाली सिलिण्डरहरु सम्बन्धित निकायमा बुझाउछौं ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS