IME Life New

भारत सरकारले मार्चदेखि अभौतिक मुद्रा प्रचलनमा ल्याउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारत सरकारले आगामी मार्च महिनादेखि अभौतिक मुद्रा प्रचलनमा ल्याउने भएको छ । सरकारले आफ्नै प्रणाली स्थापना गरेर भारतीय अभौतिक मुद्रा प्रचलनमा ल्याउने घोषणा आर्थिक वर्ष बजेट २०२२/२३ को बजेट सार्वजनिक गर्दै वित्त मन्त्री निर्मला सितारमणले गरेकी हुन् ।

विश्वभर क्रिप्टोकरेन्सीको रुपमा अभौतिक मुद्राको प्रचलन र कारोबार बढ्दै गइरहेकोमा भारत सरकारले स्वदेशी अभौतिक मुद्रा नै प्रचलनमा ल्याउने घोषणा गरेको हो । साथै अभौतिक सम्पत्तिको खरिद बिक्रीबाट प्राप्त हुने लाभमा ३० प्रतिशत लाभकर लाग्ने व्यवस्था समेत बजेटमार्फत् गरिएको छ ।

Esewa
Crest

स्वदेशी अभौतिक मुद्रा हाल प्रचलनमा रहेको नगद रुपैयाँ वा पैसाजस्तो हात हातमा लिएर छाम्न मिल्ने हुँदैन । यो कम्प्युटर सफ्टवेयरमा तथ्यांकको रुपमा रहन्छ । सरकारले यसलाई भुक्तानीको माध्यमको रुपमा प्रयोगको लागी मान्यता दिने भएकोले अभौतिक मुद्रा भएका कुनै पनि व्यक्तिले कुनै वस्तु वा सेवा खरिद गर्दा अभौतिक मुद्रा भुक्तानी गरेर सहजै खरिद कारोबार गर्न सक्नेछ । यसको सूचना प्रविधि प्रणाली पारदर्शी र वास्तविक समयमा आधारित हुने भएकोले यसको माध्यमबाट गरिने कारोबारमा कुनै हेरफेर गर्न संभव हुँदैन ।

भारतमा विश्वभर वैध अवैधरुपमा कारोबार भइरहेको क्रिप्टोकरेन्सी(अभौतिक मुद्रा)को कारोबारलाई प्रतिबन्ध लगाइएको छ । नेपालमा समेत हालै राष्ट्र बैंकले एक सार्वजनिक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी लगायतको डिजिटल वा विद्युतीय माध्यममा सीमित मुद्राको कारोबारलाई अवैध भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS