IME Life New

जन्म दिनमा सुनिताले छोरालाई दिइन् १० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जन्मदिन भन्ने बितिक्कै जमघट, केक, पार्टी र मिठामिठा परिकार तथा गिफटहरुमा रमाइलो गर्ने चलन छ । तर पछिल्लो समय कोरोनाको कारण जमघट र फजुल खर्चमा नियन्त्रण गरी बीमा गर्ने गराउने कार्यले प्राथमिता पाएको छ ।

यसैबिच मकवानपुरको कैलाश गापा– १० नामटार गैरीगाउँ बस्ने सुनिता तामाङ्गले छोराको जन्मदिनमा एशियन लाइफको उच्च शिक्षा योजना बीमा पोलिसी उपहार दिएकी छिन् । तामाङ्गले छोरा सनिश थिङ्गलाई जन्म दिनको अवसर पारी १० लाखको बीमा पोलिसी उपहार दिएकी हुन ।

Esewa
Crest

एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड शाखा कार्यलय हेटौडाबाट २० वर्षे बाल उच्च शिक्षा योजना १० लाखका सुचारु गरिएको अभिकर्ता हिरामाया मोक्तानले बताइन् । जन्म दिनलाई विशेष बनाउनुको साथै बच्चाको उच्च शिक्षा खर्च व्यवस्थापनको लागि जन्म दिनमा बीमा पोलिसी उपहार अत्यन्त राम्रो हुने सेनियर एजेन्सी राजु साहले सुझाए पश्चात उक्त गराउन सफल भएको अभिकर्ता मोक्तानले बताइन् ।
एउटै बिमालेखबाट अभिभावक र बच्चा दुवैको जोखिम बहन हुने, बच्चा १६ देखि २० वर्ष सम्म अग्रिम भुक्तानी पाउने साथै अन्त्यमा शत प्रतिशत बोनश दिने भएकोले यस बीमा पोलिसीले उच्च शिक्षामा महत्वपुर्ण भुमिका खेल्ने शाखा कार्यलय हेटौडाका शाखा प्रबन्धक डिल्लीराम तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS