IME Life New

प्राइम लाइफलाई १० हजार रुपैयाँ जरिवाना, नक्कली कर्मचारीको नाममा ठुलो रकम निकासा गरेको ठहर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैयाँ जरीवाना गरेको छ । कम्पनीले बीमा समितिबाट जारी भएको सुशासन सम्बन्धी निर्देशिका २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन २०६३ विपरित कार्य गरेका कारण समितिले कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

कम्पनीले अभिकर्तालाई वैदेशिक रोजगार बीमालेखको कमिशन प्रत्यक्ष रुपमा दिन नमिले पछि फर्जी कर्मचारी खडा गरेर तलब भत्ता बापत निकासा गरेको थियो । यहि विषय सञ्चार माध्यममा सार्वजनिक भए पछि बीमा समितिले कम्पनीमा स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा कम्पनीले सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारी नाममा ठुलो रकम खर्च गरेको भट्टाएको थियो ।

Esewa
Crest

सोही निरीक्षणका क्रममा बीमितको हित विपरित नक्कली बीमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थित रुपले बैदेशिक रोजगार बीमा नगरेको देखिएकोले बीमा ऐन २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS