IME Life New

सेबोनका अध्यक्ष कार्की प्रति आक्रोशित ब्रोकरहरु, कार्की कै कारण पूँजी बजारको भविष्य थप तहस नहस हुन सक्ने दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्कीले ब्रोकरहरुसँग अनावश्यक शत्रुगत व्यवहार गरेको नेपाल स्टक ब्रोकर एशोसियशनले आरोप लगाएको छ । एशोसियसनले विहीबार बोर्डमा ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कार्कीले गत मंगलबार संघिय संसदको अर्थ समितिमा पूँजी बजार सम्बन्धी छलफलमा ब्रोकरहरुको बिषयमा गलत अभिव्यक्ति दिएको आरोप लगाएका छन् ।
अध्यक्ष कार्कीले दलाल व्यवसयीहरु प्रति अनावश्यक शत्रुगत व्यवहार गर्ने व्यक्ति नियामक निकायको अध्यक्ष भएर बसिरहँदा समग्र पूजिबजारको भविष्य थप तहन नहस हुन सक्ने धारणा राखेका छन् । विगत ४ बर्ष देखि उक्त शत्रुगत भावना पाली दलाल व्यवसायीहरुको क्षमता विस्तारमा बदलाको भावनाले अंकुश लगाउँदै समग्र बजारको विकासलाई बाधा पुराउँदै आएको कुरा समय र बजारको विकासले गतिलो पुष्टि गरेको एसोशियसनले बताएको छ ।
अर्थ समितिमा भएको छलफलमा अध्यक्ष डा.कार्कीले ब्रोकर व्यवसायीहरु सुशासित, सक्षम तथा प्रतिस्पर्धी नभएको बताएका थिए । उनले कपोकल्पित, झुटो तथा भ्रमपूर्ण आरोप लगाएको ब्रोकरहरुले बताएका छन् । ज्ञापनपत्रमा ब्रोकरहरुले अध्यक्ष कार्कीको कपोकल्पित, झुटो तथा भ्रमपूर्ण अभिव्यक्तीको घोर निन्दा र भत्सर्ना गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS