IME Life New

रिलायन्स लाइफमा नव नियुक्त सिइओ राकेश पोखरेलले सम्हाले कार्यभार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले काम गर्न सुरु गरेका छन् । कम्पनीले उनलाई चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरे सँगै उनले आजदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।

बीमा समितिले माघ पहिलो साता उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि अनुमति दिएको थियो । पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । त्यस्तै सन् २००९ मा भारतीय बोर्ड (ICAI) बाट चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेका पोखरेलले तीन वटा जीवन बीमा कम्पनीमा काम गरिसकेका छन् ।

Crest

प्राइम लाइफमा इन्टर्नल अडिटरको रुपमा प्रवेश गरेका पोखरेलले साढे चार वर्ष काम गरेका थिए । प्राइम लाइफ छाडेर उनले सूर्या लाइफमा सहायक महाप्रवन्धक ‘एजिएम’ पदमा काम सुरु गरे । पछि बढुवा भएर उपमहाप्रवन्धक भए । लगभग पौने तीन वर्ष काम गरेर सूर्या लाइफ छाडेका थिए । सूर्या लाइफ पछि उनले आइएमई लाइफको सुरुवाती ६ महिनामा प्रमुखको भुमिकामा महाप्रवन्धक पदमा काम गरेका थिए । उनि विगत तीन/चार वर्षदेखि बीमा क्षेत्र भन्दा बाहिर थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS