Connect IPS
IME Life

सबैको लघुवित्तको नाफा ८७ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा नाफा ८७ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ४ लाख नाफा कमाएको थियो । यस अवधिमा बकम्पनीले ५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।

खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ६८ प्रतिशत र सञ्चालन नाफा ४७ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीको चुक्ता पूँजी २७ करोड रहेको छ । जगेडामा ११ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

Prabhu
Crest

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ९८ करोड ८९ लाख सापटि लिएर, १ अर्ब १३ करोड ६४ लाख निक्षेप संकलन गरेर गरी ४ अर्ब ३७ करोड २६ लाख कर्जा लगानी गरेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ३६ पैसा (वार्षिककीकरण), मूल्य आम्दानी अनुपात ३७ दशमलव ३० गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS