IME Life New

सबैको लघुवित्तको नाफा ८७ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा नाफा ८७ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ४ लाख नाफा कमाएको थियो । यस अवधिमा बकम्पनीले ५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।

खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा ६८ प्रतिशत र सञ्चालन नाफा ४७ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीको चुक्ता पूँजी २७ करोड रहेको छ । जगेडामा ११ करोड १८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

Esewa
Crest

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ९८ करोड ८९ लाख सापटि लिएर, १ अर्ब १३ करोड ६४ लाख निक्षेप संकलन गरेर गरी ४ अर्ब ३७ करोड २६ लाख कर्जा लगानी गरेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ ३६ पैसा (वार्षिककीकरण), मूल्य आम्दानी अनुपात ३७ दशमलव ३० गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS