IME Life New

सिटिजन लाइफ इन्स्योरेन्सको “सिटिजन खबर” जर्नल प्रकाशित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले “सिटिजन खबर” जर्नल प्रकाशित गरेको छ । कम्पनीले काठमाडौंमा रहेको होटेल याक एण्ड यतीमा एक कार्यक्रमको आयोजना गरी “सिटिजन खबर” नामक जर्नलको विमोचन गरेको हो । सिटिजन खबरको विमोचन यस कम्पनीका अध्यक्ष प्रदिप जङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथ मणी खड्का, नायव महाप्रवन्धक दिप बहादुर बि. सी. साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले संयुक्त रुपमा गरेका थिए ।

कम्पनीले कार्तिक २ गते आफ्नो गौरवमय चार वर्षे यात्रा सम्पन्न गरेसँगै, सो अवधिसम्मका याद्गार पलहरुलाई सधैको लागि साच्न सकियोस भनेर यिनै पलहरुको समीक्षा स्वरुप यस जर्नल “सिटिजन खबर” लिएर आएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

बीमाको सचेतना तथा सु–समाचार सहित कम्पनीका बिगतका सम्झनाका साथै यस जर्नलमा कम्पनीका व्यवसायिक उपलव्धिहरु, प्रगति विवरणहरु, विभिन्न क्रियाकलापहरु, साथै सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको छ ।

यस जर्नलको प्रिन्ट प्रतिलिपि कम्पनीको प्रमुख कार्यालय लगायत विभिन्न शाखा कार्यालयहरुमा उपलब्ध छ र डिजिटल प्रतिलिपी कम्पनीको वेबसाईटमा पनि उपलब्ध छ । साथै आउने दिनहरुमा पनि यस जर्नलको प्रकाशन जारी रख्ने कम्पनीले जनाएको छ ।

हरेक परिस्थितिलाई अवसरको रुपमा लिदै आइरहेको यस कम्पनीले आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउने उद्धेश्यका साथ विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

साथै जीवन बीमा सेवालाई सर्व सुलभ रुपमा हरेक नेपालीको पहुंचमा पु¥याइ उत्कृष्ट इन्स्योरेन्स कम्पनी बन्ने कम्पनीको यस यात्रामा सबैको साथ र खुशीका पलहरु सिर्जना गर्न सहयोगको अपेक्षा रहेको कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले वर्तमान अवस्था चाडंै नै अनुकुल भई दैनिकी सहज हुने अपेक्षा सहित स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्न सम्पूर्ण महानुभावहरुमा अनुरोध सहित सुस्वास्थको शुभकामना व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS